घान्द्रुकमा भरिए पर्यटक,  सम्पर्क गरेर मात्रै जान आग्रह

पाेखरा | जेठ १९, २०८३

घान्द्रुकमा भरिए पर्यटक,  सम्पर्क गरेर मात्रै जान आग्रह

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । 

 

अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक भित्रिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । 

 

उनका अनुसार एक्कासी पर्यटकको घुँइचो बढेपछि व्यवस्थापन गर्न कठिन भएको छ ।

 

घान्द्रुक जाने योजना बनाएका पर्यटकहरुले सम्पर्क गरेर मात्रै जानुपर्ने रोधिं क्लबका उपाध्यक्ष अमृत लामा गुरुङले सुझाए । 

 

‘घान्द्रुकमा अहिले पर्यटकको चाप निकै बढेको छ । बिदा र घुमघामको सिजन भएकै कारण घान्द्रुकमा आउने आन्तरिक र बाह्य पर्यटकको घुइचो भएको हो, उनले भने, ‘यदी तपाइहरु पनि घान्द्रुक आउने योजना बनाउनुभएको छ भने यहाँका व्यवसायी वा समितिलाई सम्पर्क गरेर मात्रै आउनुहोला ।’

 

पछिल्लो समय घान्द्रुकमा मात्रै नभएर पोखराको लेकसाइडमा पनि पर्यटक भरिभराउ भएका छन् । तिनैमध्ये केही पर्यटक पर्यटकीय गाउँहरुपमा निस्कन थालेपछि घान्द्रुक जस्ता लोकप्रिय गाउँहरुमा पाहुनाको भीड लाग्न थालेको उनले बताए ।

 

घान्द्रुकमा होटल तथा होमस्टेले एकरातमा करिब ३ हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने क्षमता रहेको रोधिं क्लबका अध्यक्ष लक्षिण गुरुङले बताए ।

 

घान्द्रुकमा पर्यटकीय गतिविधि बढेसँगै सवारी साधनको चाप पनि बढेकाले क्लबले नै व्यवस्थापन गरिरहेको उनले बताए ।

 

‘गाउँमा पाहुनाहरु धेरै आएपछि गाडीहरुको पनि चाप बढेको छ । त्यसैले हामी क्लबका साथीहरु मिलेर पार्किङको व्यवस्थापनमा जुटेका छौं’, उनले भने ।

 

उनले घान्द्रुक भित्रिने सडकको स्तरोन्नती तथा मर्मत संभारमा समेत क्लबले पहल गर्दै आएको बताए ।

 

आन्तरिक पर्यटकहरु हरेक वर्ष दशैं, तिहार तथा बिदाको छेको पारेर अत्याधिक मात्रामा पर्यटक घान्द्रुक पुग्ने गरेका छन् । 

 

गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँ संस्कृति र प्रकृतिमा निकै धनि छ । घान्द्रुकबाट एबीसी ट्रेक (अन्नपूर्ण आधार शिविर), हिडन लेक लगायतका एसियाकै लोकप्रिय पदमार्ग जान सकिन्छ ।


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्